बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सञ्चालनले फोहोर व्यवस्थापनमा नयाँ मोड लिन्छ : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सञ्चालनमा आएसँगै फोहोर व्यवस्थापनले नयाँ मोड लिने बताएकी छन् । बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताएकी हुन् ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले स्पष्ट पारिन् । ‘बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन ।’

छलफल कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेशी नगरपालिकाका जनप्रतिनिधि, बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट क्षेत्रका आयोजना प्रभावित क्षेत्रका स्थानीयलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =