स्थानीय तहमा राम्राे गर्‍याैँ, अब आमनिर्वाचनकाे तयारीमा लाग्नुपर्छ : महामन्त्री थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गरे । यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनले बताए । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाई छ ।

महामन्त्री थापाले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने तर्क गरे । त्यस्तै उनले अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिने बताए ।

थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरू गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =