याे निर्वाचनले कांग्रेसकाे लाेकप्रियता बढेकाे प्रमाणित गर्‍याे : गगन (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भर्खरै सम्पन्न स्थानीय तह सदस्यकाे निर्वाचनले नेपाली कांग्रेसकाे लाेकप्रियता बढेकाे प्रमाणित गरेकाे बताएका छन् । बुधबार स‌ंघीय राजधानी काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘याे निर्वाचनले नेपाली कांग्रेसकाे लाेकप्रियता बढेकाे प्रमाणित भएकाे छ ।’

उनले नेपाली कांग्रेसका लागि राजनीतिकाे नयाँ अध्याय शुरू भएकाे बताए । ‘अब एमालेका बारेमा पनि कुरा गर्नु पर्दैन । पूर्वप्रधानमन्त्री केपी ओलीजीकाे बारेमा पनि कुरा गर्नुपर्दैन । अब हामीले हाम्राे बारेमा साेच्ने हाे बाेल्ने हाे । नेपाली कांग्रेसले सरकारहरू चलाएका छन्, अब हाम्राे भूमिका फेरिएकाे छ । अब आमचुनावकाे तयारी गर्नुपर्छ, प्रादेशिक चुनावकाे तयारी गर्नुपर्छ,’ उनले भनेका छन् ।

महामन्त्री थापाले नेपाली कांग्रेसले स्थानीयजस्तै प्रदेश र संघकाे निर्वाचन पनि समयमै गराउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *