नेपाली चलचित्र ‘दोख’ असार २४ मा प्रदर्शन हुने

काठमाडौँ । आउँदो असार २४ गते प्रदर्शन हुने निश्चित भएको नेपाली चलचित्र दोखको पोस्टर आज बुधबार सार्वजनिक भएको छ।

रंगकर्मी, कलाकार तथा निर्देशक अनुप बरालद्वारा निर्देशित फिल्म ‘दोख’ मा दिया मास्के, मनिष निरौला, लोकमनी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुरज मल्ललगायतका कलाकारको अभिनय रहेको छ। रजत कठेतको कथा, श्रवण मुकारुङका गीत, आभासको संगीत र पुष्पा संगमको पार्श्वध्वनी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरेका हुन्।

फिल्म ‘एसजिटी प्रोडक्सन्स’, ‘ग्रिन हिल्स इन्टरटेनमेन्ट’, ‘हाइलाइट्स नेपाल’ र ‘एक्टर्स स्टुडियो’को संयुक्त ब्यानरमा निर्मित फिल्मलाई सविन ज्ञवाली र मनोज अधिकारीले संयुक्त रूपमा निर्माण गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *