काठमाडौँ महानगरको पछिल्लो नतिजा : कसको कति पुग्यो मत ?

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका साहले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिंहले ३२ हजार ८ सय २२ मत ल्याएकी छन् । साहभन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् । एमालेका स्थापितले ३२ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *