ललितपुरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् ।

महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका थिए । महर्जनले व्यञ्जनकारलाई १८ हजार १६२ मत अन्तरले पराजित गरेका हुन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =