होटेल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटेल ओपेराको स्विमिङ पुलमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलवार दिउँसो नुहाउने क्रमका डुबेर भारतको उत्तरप्रदेशस्थित रामपुरका करिब ३८ वर्षीय फैज अहमदको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि तत्काल महाकाली अस्पताल पुर्‍याइएको थियो । त्यही उनको मृत्यु भएको हो ।

पौडी खेल्न नजान्ने फैज अहमद स्विमिङ पुलको गहिरो ठाउँमा डुबेका थिए । उनी २/३ दिनदेखि होटेलमा बास बसिरहेको र एक्लै भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *