सरकारकाे नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन : एमाले

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारकाे नीति तथा कार्यक्रम परम्परागत भएकाे बताएका छन् ।

सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा प्रतिक्रिया दिँदै भट्टराईले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘दुईघण्टा पढिएको छ । यो समयमा कुनै नयाँ कुरा छैन । नयाँ सपना छैन,’उनले भने, ‘देशबासीहरूलाई अपिल गर्ने कुनै त्यस्तो योजना नीति कार्यक्रममा छैन । उत्साह दिएको छैन । उद्येश्य विहीन गन्तव्य विहीन छ । अहिलेको आर्थिक संकट जुन देखिएको छ त्यसमा केही उल्लेख छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =