निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय
२०७९ जेठ १० गते

निर्वाचन आयोग
काठमाडाैँ । स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
स्थानीय निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न भएको छ । अधिकांश स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भई निर्वाचितले काम थालनी गरिसकेका छन् ।
बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








