काठमाडौँमा देशकै पहिलो युटिलिटी कोरिडोर बन्ने

काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी कोरिडोर निर्माण गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तर्गत युटिलिटी कोरिडोर निर्माण हुने भएको हो ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी कोरिडोर निर्माण गरिने घोषणा गरेकी हुन् । मन्त्रालयले युटिलिटी कोरिडोरसम्बन्धी ऐन समेत निर्माण गर्दैछ ।

उक्त ऐन बनेपछि मात्र युटिलिटी कोरिडोरको काम शुरू हुने बुझिएको छ । यो कोरिडोर नेपालकै पहिलो युटिलिटी कोरिडोर हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =