कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारकाे घाेषणा

काठमाडाैँ । सरकारले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ । मंगलाबर संघीय संसद्‌काे दुवै सदनसमक्ष नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् । प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ ।

सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू गरिने

सरकारले आगामी आर्थिक वर्षमा सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । सफ्टवेयरमार्फत एक अर्को मन्त्रालयमा पत्राचार र कागजात आदानप्रदान समेत गर्न मिल्नेगरी प्रणाली विकास गर्न खोजिएको हाे ।

सरकारको आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसबाट कागजको प्रयोग घटने भएको विश्वास गरिन् ।

खाना पकाउने ग्याँस विस्थापन गर्न विद्युत महसुल दर पुनरावलोकन गरिने

सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ ।

विपन्न वर्गलाई नि:शुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत नीति तथा कार्यक्रममार्फत सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *