प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गतेलाई आव्हान
२०७९ जेठ १० गते

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आगामी जेठ १६ गतेलाई आव्हान गरिएको छ । प्रदेश सरकारको सोमबारको बैठकले प्रदेश १ को अधिवेशन आव्हान गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले बजेट अधिवेशन आह्वान गरेको हुन् ।
दशौं तथा बजेट अधिवेशन आह्वान सम्बन्धमा जानकारी दिँदै प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जेठ १६ गते सोमबार विहान ११ बजे प्रदेश नं. १ को प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आह्वान गरिएको बताए ।

२०७९ जेठ १० गते
प्रतिक्रिया








