बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याइने
२०७९ जेठ १० गते

काठमाडौँ । सरकारले विगतमा सञ्चालनमा रहेका र हाल बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
विगतमा सञ्चालनमा रहेको धेरैजसो सरकारी स्वामित्वका उद्योगहरू हाल बन्द अवस्थामा छन् । वीरगन्ज चिनि कारखाना, कृषि औजार कारखाना, गोरखकाली रवर उद्योग, बाँसबारी छालाजुत्ता कारखाना जस्ता थुप्रै उद्योगहरू फेरि सञ्चालनमा ल्याउने घोषणा सरकारले पटक पटक गर्दै आएको भए पनि हालसम्म सञ्चालनमा भने आउन सकेको छैन ।
२०७९ जेठ १० गते
प्रतिक्रिया








