अर्थतन्त्र काेभिड र युक्रेन युद्धकाे चापमा पर्‍याे : राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकाे अर्थतन्त्र काेभिड र युक्रेन युद्धकाे चापमा परेकाे बताएकी छन् ।

मंगलबार आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

उनले कोभिड महामारी, रुस–युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा चाप परेको उनले बताएकी हुन् ।

त्यस्तै, उनले नीति तथा कार्यक्रममा अर्थतन्त्रको समग्र संरचना रुपान्तरण गर्न सक्ने कार्यक्रम परिचालन गरिने, उत्पादन, उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण, खानेपानी आपूर्ति, रोजगारी सिर्जना, गरिबी न्यूनिकरण जस्ता विषयलाई प्राथमिकतामा राखिने बताएकी छन् ।

कृषि, यातायात, ऊर्जा, पर्यटन जस्ता क्षेत्रलाई समृद्धिको आधार बनाइने । मुद्रा स्फितिलाई बाञ्छित सीमाभित्र राखिने उनले बताइन् ।

यसपटककाे नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवलगायत ठूला आयोजनाबाहेकका अन्य आयोजना प्रदेश र स्थानीय सरबारबाट निर्माण अघि बढाइने राष्ट्रपतिले उल्लेख गरिन् ।

त्यस्तै, स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिने, औद्योगिकीकरणका लागि नीतिगत, कानुनी र प्रणालीगत सुधार गरिने, विदेशमा आर्जन गरेको सीपलाई देशभित्रै आयआर्जन र सीप प्रवद्र्धन गर्न प्रोत्साहन गरिने, ठूलो तथा रणनीतिक महत्वका पूर्वाधार निर्माणका लागि पिपिपीलगायत अन्य उपयुक्त मोडलहरु कार्यान्वयनमा ल्याइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूँजीगत खर्च बढाउन र नतीजामुखी बनाउन छुट्टै कानुन बनाइने, ठेक्का चाँडो सक्न सार्वजनिक खरिद ऐनलाई परिमार्जन गरिने समेत सरकारकाे नीति रहेकाे राष्ट्रपतिले जनाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *