किसानको आवश्यकता हेरेर बजेट कार्यक्रम ल्याउन आग्रह

काठमाडौँ । तीन तहका सरकारले आगामी वर्षको बजेट ल्याउँदा किसानको आवश्यकता हेरेर बजेट ल्याउनुपर्ने किसानले बताएका छन्।

देशको अर्थतन्त्रको मुख्य भाग ओगटेको कृषि क्षेत्रमा लगानी बढाउन भइरहेको लगानी उपलब्धिमूलक बनाउन किसानले आग्रह गरेका छन्। गण्डकी प्रदेश सरकारकारको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागी किसानले उत्पादनमा वृद्धि र प्राङ्गारिक उत्पादनको सन्तुलनका लागि सरकारी कार्यक्रम तय हुनुपर्नेमा जोड दिए।

“अनुदान वास्तविक किसानले पाउनेगरी आउँदा किसानलाई राहत र उत्पादन बढाउन सहयोग हुन्छ”, तालिममा सहभागी किसान बाबुराम शर्मा भन्छन्, “किसानले जे उत्पादन गर्नसक्छ त्यसका लागि अनुदान चाहिने हो, अनुदानको कार्यक्रमले मागे अनुसारको उत्पादन किसानका लागि असजिलो हुनपनि सक्छ।”

मन्त्रालयले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रममा आवद्ध समूह सहकारीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ। सोमबारदेखि सुरु भएको तालिम बुधबार सकिनेछ। तालिममा कार्यक्रममा सहभागी किसान र कृषि प्राविधिक गरी २५ जनाको सहभागिता रहेको छ।

तालिमको सहजीकरण मन्त्रालयका उपसचिव ध्रुव गिरी, कृषि अर्थ विज्ञ, नारायणप्रसाद पाठक, भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटा र कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सहजीकरण गर्नेछन्।

किसानले गरेका उत्पादनमा सरकारी पक्षबाट भइरहेको सहयोगले परनिर्भरता बढ्न नहुनेमा तालिममा सहभागी सरोकारवालले जोड दिएका छन्, “आज सरकारले अनुदान दिइरहेको छ, सानो लगनी मात्रै किसानको छ, भोलि सबै लगानी गर्नुपर्ने वातावरण आउँदा किसानले व्यवसाय छोड्ने नहोस्” उपसचिव गिरीले भने, “अहिले चलेका कार्यक्रमले परनिर्भरता नबढोस्, आत्मानिर्भर बन्ने वातावरण बनोस्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *