जब उपभोक्ता खाली सिलिण्डर बोकेर मुख्यमन्त्री कार्यालय पुगे…..

विराटनगर । इन्धनमा भएको मूल्यवृद्धिको विरुद्धमा विराटनगरमा उपभोक्तावादी संस्थाहरूले विराेध थालेका छन् । सरकारले खाना पकाउने ग्यास र इन्धनमा अत्याधिक मूल्यवृद्धि गरेको विरुद्धमा उपभोक्तावादी संस्थाहरू आन्दोलित भएका हुन् ।

उपभोक्तावादी संस्थाले प्रदेश १ को मुख्यमन्त्री कार्यालयको अगाडि खाली सिलिण्डर ग्यास प्रदर्शन गरेर विराेध गरेका हुन् । महँगी र भष्टाचार नियन्त्रण गर्नु पर्ने, पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, प्रदेश सरकारनागरिकको पक्षमा नबोलेर सुतेको लगायतका नारा लेखिएको प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालय अगाडि बसेर उपभोक्ताहरूले खाली सिलिण्डर प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मूल्यवृद्धि गरेपछि उपभोक्ता महँगीको मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गरेपनि प्रदेश सरकारले हेरेर मात्रै बसेकोले मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिलण्डर राखेर विराेध गर्नु परेको बताए । ‘पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनु पर्छ, उनले भने, जनतालाई महँगीमा पारेर भ्रष्टाचार मौलाएको छ, यसलाई नागरिकले सहेर बस्दैनन् ।’

आजदेखि शुरु भएको मूल्यवृद्धि विरुद्धको आन्दोलन निरन्तर चल्ने उपभोक्तावादी संस्थाले बताएका छन् । प्रदर्शनमा नागरिक समाज, विवेकशील साझा पार्टी लगायतको समर्थन छ । नागरिकले थेग्नै नसक्नेगरि मूल्यवृद्धि हुँदा पनि ठूला भनिएका दलका नेता, कुनै संगठनहरू चुईक्क समेत नबोलेकोमा उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *