प्रविण पाख्रिन हत्याको आशंकामा काठमाडौँबाट थप २ पक्राउ

काठमाडौँ । पर्साको ठोरीमा २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ जना युवकलाई काठमाडौँबाट पक्राउ गरेको हो।

यही जेठ ६ गते पर्साको ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको बाघमोर्चा मन्दिर छेउमा ढुंगाले टाउकोमा हानेर हत्या भएको थियो। हत्याको घटनालगत्तै प्रहरीले १७ वर्षका एक किशोरलाई नियन्त्रणमा लिएको थियो। किशोरमाथि अनुसन्धानको क्रममा हत्यामा अन्य २ जनाको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। हत्यापछि फरार रहेका २ जनालाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ पर्नेमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २२ वर्षीय सरोज स्याङ्वो र वीरगञ्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय किशन लोप्चन रहेका छन्। पक्राउ परेका दुवैविरुद्ध कर्तव्य जानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *