काठमाडौँ महानगरको पछिल्लो नतिजा : कसको कति पुग्यो मत ?
२०७९ जेठ १० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३ मत गनिसक्दा बालेनले ४९ हजार मत कटाएका छन् ।
बिहान सार्वजनिक पछिल्लो मत परिणामअनुसार बालेनले ४९ हजार ३५८ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छन् । बालेन सिर्जनाभन्दा १९ हजार ३८९ मतले अगाडि छन् ।
तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९ हजार २८४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याए ।
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित









