घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

२०७९ जेठ १० गते

फाइल फोटो
काठमाडाैँ । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव सोमबार जंगलमा भेटिएको हो । उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमणले आक्रमण गरी वेपत्ता बनाएको थियो ।
बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर फूलकुमारीको खोजी गरिएको थियो । हात्तीसहितको टोलीको खोजपछि वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । -रासस

२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित