रेनुलाई १२ हजारको अग्रता, अब ३ हजार मत गन्न बाँकी

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनबाट मेयर, उपमेयरका उम्मेदवारले ५० हजार मत कटाएका हुन् ।

भरतपुरमा अब करिब ३ हजार मत गन्न बाँकी छ । १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालको ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीको ३८ हजार २ सय ९६ मत आएको छ । रेनुले गन्न बाँकी रहेको भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् ।

उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको ५१ हजार १२९ र एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २९ हजार ८ सय ८२ मत आएको छ । कुल एक लाख ८५ हजार ७ सय ५२ मतदाता रहेको भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *