इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनको संयुक्त आन्दोलन

काठमाडौँ । पेट्रोलियमको मूल्यवृद्धि विरुद्ध विद्यार्थी सङ्गठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

सोमबार बैठक बसेर उनीहरुले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरे । विद्यार्थी सङ्गठनहरूले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ति कर थोपरेका कारण जनताले वास्तविक मूल्य भन्दा बढी खेप्नुपरिरहेको बताएका छन् ।

नेपाल आयल निगम भित्र चुहावट, भ्रष्टाचार र कमिसनको बढ्दै गइरहेको बताउँदै विद्यार्थी सङ्गठनहरूले त्यसलाई न्यूनीकरण गर्न र मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका हुन् । उनीहरूले खाद्यान्नमा भइरहेको मूल्य वृद्धिबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *