काठमाडौँ ९ र १० मा कांग्रेस विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ९ र १० को मतपरिणाम सार्वजनिक भएको छ।

काठमाडौँको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन्।

अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन्। त्यसैगरी, सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन्। महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भए।

त्यस्तै, वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय भएका छन्। केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन्। अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका छन्। सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन्।

महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छन्। दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *