इन्धनमा मूल्यवृद्धि हुँदा हवाई भाडामा समेत वृद्धि, कुन रूटको कति?

काठमाडौँ । इन्धनमा मूल्यवृद्धि भएसँगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडामा समेत वृद्धि गरेको छ।

सं‌घले आउँदो बुधबारदेखि लागू हुने गरी भाडा बढाएको हो। इन्धनको मूल्य बढेसँगै संघले हवाई भाडा पनि बढाइएको जनाएको छ। नेपाल आयल निगमले हिजो आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी सम्पूर्ण इन्धनको मूल्य बढाएको हो। हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर १० रूपैयाँले वृद्धि गरिएको थियो।

वृद्धि भएको भाडादरः
काठमाडौँदेखि धनगढी विमानस्थलसम्म १५६६५ रूपैयाँ
काठमाडौँदेखि माउन्टेन फ्लाइट १३७६५ रूपैयाँ
काठमाडौँदेखि भद्रपुरसम्म ११९३५ रूपैयाँ
काठमाडौँदेखि विराटनगरसम्म ९३२५ रूपैयाँ
काठमाडौँदेखि जनकपुरसम्म ५२५० रूपैयाँ
काठमाडौँदेखि भरतपुरसम्म ४४३५ रूपैयाँ
काठमाडौँदेखि पोखरासम्म ६३०५ रूपैयाँ
काठमाडौँदेखि भैरहवासम्म ७८८० रूपैयाँ
काठमाडौँदेखि नेपालगञ्जसम्म १२८९५ रूपैयाँ
काठमाडौँदेखि तुम्लिङटारसम्म ७४६० रूपैयाँ
काठमाडौँदेखि सिमरासम्म ३७२५ रूपैयाँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *