मूल्यवृद्धिको विराेधमा अनेरास्ववियुकाे मसाल जुलुस (तस्वीर)

काठमाडाैँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ ।

संगठनले सोमबार काठमाडौँको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुस प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले मंगलबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने जनाएको छ ।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *