राप्रपा नेपालले संसदीय चुनावका लागि ‘गाई’ चिह्न माग्ने (निर्णयसहित)

काठमाडाैँ । राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) नेपालले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउन विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतमा साेमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीलाई सशक्त रूपमा संगठित गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैगरी हिन्दू राष्ट्र पुनर्स्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने राप्रपाको तयारी छ । राप्रपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको पनि विरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *