चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

काठमाडौँ । स्वस्तिमा खड्काकाे बहुचर्चित चलचित्र चिसाे मान्छेकाे ट्रेलर सार्वजनिक भएकाे छ ।

कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडाकाे कथा रहेकाे चलचित्र चिसाे मान्छेकाे ट्रेलर सार्वजनिक भएकाे हाे ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् । फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ ।

‘चिसो मान्छे’ आगामी असार १ गतेदेखि देशभरका सिनेमा हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *