राेकिएनन् बालेन, केशवभन्दा सिर्जना ९०७ मतले अघि

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरका प्रत्याशी केशव स्थापित तेस्राे स्थानमै सीमित भएका छन् । उनी गठबन्धनकाे तर्फबाट मेयरकाे उम्मेदवार बनेकी सिर्जना सिंहभन्दा पनि ९ सय ७ मतले पछि छन् । साेमबार दिउँसाे ३ बजेसम्मकाे मतपरिणामअनुसार सिर्जनाले २७ हजार ७ सय ९९ मत ल्याउँदा केशवले २६ हजार ८ सय ६१ मात्रै प्राप्त गरेका छन् ।

पहिलाे स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बाेलन साहकाे भने ४६ हजार ४ सय ६७ मत बटुलिसकेका छन् । उनी दाेस्राे स्थानमा रहेकी सिर्जनाभन्दा १८ हजार ६ सय ७७ मतले अघि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *