कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘यो गठबन्धन आम चुनावसम्म जान्छ’

काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा आयोजित विजयसभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सत्ता गठबन्धन आगामी प्रदेश र संघीय चुनावसम्म जाने बताएका छन्।

नेता पौडेलले समृद्ध नेपाल बनाउनका लागि संविधान र मुलुक बचाउँदै अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका हुन्। तनहुँको व्यास नगरपालिकामा विजय र्‍यालीपछि विजयसभाको आयोजना गरिएको थियो। उक्त सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिकोबाटोमा अगाडि बढाउन परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको बताए।

देशको विकास र समृद्धिको बाटोमा नेपाली कांग्रेसलाई जिताएर सहयोग गरेकोमा उनले व्यास नगरवासी र तनहुँवासीलाई धन्यवाद दिएका छन् भने विजयी प्रतिनिधिहरूलाई जनताको विश्वास टुट्न नदिन र जनताको सेवक बनेर काम गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *