संसदीय समितिमा सुन्दरी प्रतियोगिता रोक्न माग

काठमाडाैँ । संसद्‌काे महिला तथा सामाजिक समितिकाे बैठकमा सांसदहरूले सुन्दरी प्रतियाेगिता राेक्न माग गरेका छन् । साेमबार बसेकाे समितिकाे बैठकमा माओवादी केन्द्रकी सांसद अमृता थापाले सुन्दरी प्रतियाेगिता राेक्न माग गरिन् ।

महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्यादसम्बन्धी समेत छलफल भएकाे बैठकमा उनले सरकारलाई प्रश्न गरिन्— ‘सुन्दरी प्रतियाेगिता आयाेजना नगरेबापत् राज्यलाई कति घाटा पर्छ ?’

शान्ति प्रक्रियामा आएलगत्तै माओवादी नेतृहरूले सुन्दरी प्रतियोगिता रोक्न भन्दै प्रदर्शन गरेकाे स्मरण गराउँदै उनले थपिन्, ‘विगतमा पनि सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हाैँ । सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *