मनाेज पाण्डेविरुद्ध मानव बेचबिखन कसुरमा जाहेरी

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा परेकाे छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध उजुरी दिएकी हुन् ।

भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =