धनगढी उपमहानगरमा नवनिर्वाचित मेयर हमालद्वारा पदभार ग्रहण
२०७९ जेठ ९ गते

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन्।
कार्यकक्षमा पूजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन्। आजै बिहान मेयर हमाललाई मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पद तथा गोपनियताको सपथसमेत खुवाए।
त्यसअघि, उनले आजै बिहान धार्मिकस्थल बेहडाबाबामा समेत पूजा तथा दर्शन गरेका थिए।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








