भरतपुरको पछिल्लो मत परिणाम : रेनु दाहाल ९०१९ मतले अगाडि

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिकामा १ लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन् ।

रेनुले ४०,५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३१,५७० मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,०६४ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,९९२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *