धरानको मेयरमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
२०७९ जेठ ८ गते

विराटनगर । धरान उपमहानगरपालिकाकोे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।
उनले २०८२१ मत सहित निर्वाचित हुँदा नेपाली कांग्रेसका किशोर राईले १६०५९ मत मात्र प्राप्त गर्न सके । साम्पाङ ४७६२ मतान्तरले विजयी भएका हुन् ।
धरानमा खसेको ६२८९८ मतमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले भने १२८२५ मात्र प्राप्त गरिन् । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आईन्द्र विक्रम बेघा २०५१० मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्बो लिम्बूले १७६०६ मत प्राप्त गरे ।
२०७९ जेठ ८ गते
प्रतिक्रिया








