बालेनले कटाए ४० हजार मत, दाेस्राेमा सिर्जना

काठमाडाैँ । बालेन्द्र साहले ४० हजार मत कटाएका छन् । आइतबार दिउँसाे २ बजेसम्ममा उनकाे पक्षमा ४० हजार ४ सय २७ मत खसेकाे छ । सत्तारुढ पाँचदलीय गठबन्धनकाे तर्फबाट काठमाडाैँ महानगरपालिकाकै मेयरकाे प्रत्याशी सिर्जना सिंह २३ हजार १ सय ९३ मतसहित दाेस्राे स्थानमा छन् । बालेन सिर्जनाभन्दा १७ हजार २ सय ३४ मतले अगाडि छन् ।

तेस्राे नम्बरमा एमाले उम्मेदवार केशव स्थापित छन् । उनी सिर्जनाभन्दा ७ सय ७६ मतले पछाडि छन् । केशवले २२ हजार ४ सय १५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *