गगन भन्छन्- प्रधानमन्त्री कार्यालयमा सचिव झोक्राइरहेको देखिन्छ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सचिवलाई कारवाही गर्नुपरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याउने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । आइतबार अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा लिखित अतृप्त अवसर पुस्तककाे लोकार्पण कार्यक्रममा बहस गर्दै उनले यस्ताे बताएका हुन् । ‘अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने सचिव झोक्राएर बसिरहेको देखिन्छ, प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ?,’ महामन्त्री थापाले भनेका छन् ।

आफू मन्त्री हुँदा पनि त्याे अनुभव रहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘अन्य मन्त्रालयमा रहेका सचिवलाई दु:ख दिनुपरेमा प्रधानमन्त्री कार्यालय सरुवा गर्ने र कामविहीन राख्ने प्रवृत्ति छ हामीकहाँ ।’ टिम राम्राे नहुँदा प्रधानमन्त्री पनि बरालिने महामन्त्री थापाले बताए ।

उनले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई अर्थमन्त्रीभन्दा उद्योगमन्त्रीका रूपमा सोचेर बजेट बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *