पाेखरा : कृष्णसँग धनराजले बनाए ३३९५ काे मतान्तर, उपमेयरतर्फ मञ्जु अगाडि

पाेखरा । पाेखरा महानगरपालिकामा १ लाख ४ हजार २ सय २१ मतगणना सकिएकाे छ । जहाँ सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता धनराज आचार्यकाे अग्रता कायमै छ । उनले ४१ हजार ७ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार कृष्ण थापाले ३८ हजार ३ सय १० मत पाएका छन् । कृष्णभन्दा धनराज ३ हजार ३ सय ९५ मतले अगाडि छन् ।

यस्तै राप्रपाबाट मेयर पदका उम्मेदवार शंकर खराल ४ हजार ६ सय ९० मतमै खुम्चिँदा स्वतन्त्र उम्मेदवार गनेस पाैडेल २ हजार ६ सय ४९ मतै सीमित भएका छन् ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ अग्रस्थानमा छन् । उनले ४३ हजार ६ सय १६ मत प्राप्त गरेकी छन् भने उनलाई गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ काेपिला रानाभाटले ४१ हजार ९ २० मतका साथ पछ्याइरहेकी छन् । काेपिलाभन्दा मञ्जुदेवी १ हजार ६ सय ९६ मतले अघि छन् ।

राप्रपाकी रञ्जना सेन भने ४ हजार ६ सय २९ मतका साथ तेस्राे स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *