कञ्चनपुरको पुनर्वास ८ मा सबै स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन् ।

उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *