ललितपुरमा चिरीबाबुले कटाए ३० हजार मत

काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३०८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८२०१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ३३६३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् । उनले १७७१६ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १२६६६ मत प्राप्त गरेका छन् । राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म ४९७९ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *