तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त  गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *