भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नाघ्यो

काठमाडाैँ  । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९४०८ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ७४१५ मत बढी ल्याएकी छन् ।

दाहालले ३५०९८ र सुवेदीले २७६८३ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११८३५ मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ३७३२६ र राप्रपाकी हिमला गुरुङले २१९०० मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *