बालेन धेरै अघि, केशवलाई उछिन्दै सिर्जना दोस्रोमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् । अहिलेसम्म सिर्जनाको २१२९९ मत आएको छ भने स्थापितले २१००८ मत ल्याएका छन् । सिर्जनाको मत केशवको भन्दा २९१ले बढी हो ।

पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् । उनको लौरो चिन्हमा ३८३३३ मत आएको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *