मनोज पाण्डेमाथि मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान गर्ने प्रहरीको तयारी

काठमाडौँ । आज शनिबार काठमाडौँको स्वयमभूबाट बलात्कार आरोपमा पक्राउ गरिएका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ।

पाण्डेलाई सोमबार अदालत लैजाने बताउँदै प्रहरीले भनेको छ, ‘उनीमाथि बलात्कारको आरोप भए पनि त्यसमा हदम्यादको प्रश्न छ यसबारे। तर, कसुरको प्रकृति हेर्दा मानव बेचबिखनसम्बन्धी कानुन पनि आकर्षित हुन्छ जसमा हदम्याद हुँदैन। त्यसैले, मानव बेचबिखनमै कारबाही बढाउनेबारे छलफल र तयारी चलिरहेको छ। भोलि दिनभरिमा टुंगिएला।’

पाण्डेमाथि वि. सं २०७१ सालमा मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। आठ वर्ष पुरानो घटना भएकाले कानुनअनुसार मुद्दा दर्ता गर्न हदम्याद गुज्रिसकेको छ। बलात्कारको मुद्दा दर्ता गर्न हदम्यादको व्यवस्थाले रोक्ने भएपछि तत्काल अभियुक्तमाथि अनुसन्धान शुरू गर्न मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अघि बढ्ने तयारी प्रहरीले गरेको हो।

साथै, बलात्कारको मुद्दा दर्तासम्बन्धी कानुनी हदम्यादबारे पनि पुनर्विचार हुनुपर्ने आवाज सदनदेखि सडकसम्मै उठिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *