तनहुँको व्यास नगरपालिकामा कांग्रेसको अग्रता

पोखरा । तनहुँको व्यास नगरपालिकामा हालसम्म २० हजार ७४६ मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ।

नगरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले ८४८५ मत प्राप्त गरेका छन् भने स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपकराज जोशीले ८२०१ मत पाएका छन्। नगरपालिकामा अझै ९५०० मत गणना हुन बाँकी छ।

वडा नं १० बाट १९४०, ११ बाट  २३९९, १२ बाट  १६२९, १३ बाट २०९३ र १४ बाट १४९९ मत गन्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *