काठमाडौँ २७ मा कांग्रेसका खड्गी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन्।

कांग्रेसका खड्गी नेकपा एमालेका चिनियामान बज्राचार्यलाई २३८ मतले पछाडि पार्दै वडाध्यक्षमा विजय भएका हुन्। खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरेका छन्। त्यसैगरी, सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भएका छन्।

महिला सदस्यतर्फ पनि कांग्रेसकै सृष्टी कंसाकार विजयी भएकी छन्। दलित महिला सदस्यमा भने नेकपा एमालेका तर्फबाट प्रभा परियार यसअघि नै निर्विरोध निर्वाचित भएकी हुन्। वडा नं २७ सँगै काठमाडौँ महानगरका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रूपमा चयन भइसकेका छन्।

काठमाडौँ महानगरका वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी, वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ। महानगरमा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ।

कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *