कान्समा ऐश्वर्याको चर्चा

एजेन्सी । अहिले विश्वको चर्चित फिल्म फेस्टिभल कान्स चलिरहेको छ । कान्समा विश्व सुन्दरीको ताज समेत पहिरिएकी बलिउडकी चर्चित नायिका ऐश्वर्याको पहिरनको सधैँ चर्चा हुँने गर्दछ ।
यस वर्ष पनि ऐश्वर्याको पहिरनले कान्समा निकै चर्चा बटुलेको छ । उनले फेस्टिभलको दोस्रो दिन फेसन डिजाइनर गौरव गुप्ताले डिजाइन गरेको पिंक कलरको गाउन लगाइएर रेड कार्पेटमा देखिएकी थिईन् ।

भग म्यागजिनले उनको गाउन बनाउन ३५ सय घण्टा अर्थात ४ महिना लागेको उल्लेख गरेको छ ।

यसपटक विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स मा नेपालकी अभिनेत्री सुरक्षा पन्तले पनि सहभागीता जनाएकी छिन् ।
तस्विर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *