यौनजन्य अपराधका मुद्दा दर्तासम्बन्धी कानुनमा १ वर्षे हदम्याद हटाउन नेत्री दाहालको ध्यानाकर्षण

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालभरि एकजना युवतीको भिडिओ भाइरल भएको छ । सुम्निमा खपाङ्गी (नाम परिवर्तन) नाम गरेकी युवतीले विसं. २०७१ सालमा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गर्दै सामाजिक सञ्जालमा हालेको भिडिओ भाइरल भएपछि उनको न्यायका लागि देशैभरबाट आवाज उठरहेको छ भने बालुवाटार घेराउ गरी सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ।

साथै, यो घटना बाहिरिएसँगै यौन दुर्व्यवहार र यौन हिंसासम्बन्धी मुद्दामा एक वर्षे हदम्याद हटाउन सडकदेखि सदनसम्म आवाज उठ्ने क्रम जारी छ। सोही क्रममा नेकपा माओवादी केन्द्रकी नेत्री एवं भरतपुर महानगरपालिका चितवनकी निवर्तमान मेयर रेनु दाहालले पनि ट वर्षौ हदम्याद हटाउनुपर्ने कुरामा आफ्नो ऐक्यबद्धता जनाएकी छन्। दाहालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हदम्यादमाथि पुनर्विचार गर्नुपर्नेबारे आफ्नो धारणा राखेकी हुन्।

नेत्री दाहालले १६ वर्षीय बालिकालाई विभिन्न प्रभावमा पारी गरिएको यौन शोषणको घटनाले आफू स्तब्ध भएको बताउँदै पीडितले समयमै न्याय माग्नुपर्नेतर्फ सबैले सचेत हुनसमेत आग्रह गरेकी छन्। साथै, उनले एक वर्षे हदम्यादको व्यव्स्थाका कारण अपराधहरू लुक्ने गरेको पाइएकोले सो व्यवस्थाका बारेमा पुनः वैज्ञानिक र व्यवहारिक पुनर्विचार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट पीडितले २०७१ सालमा सम्पन्न ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’का क्रममा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले कार्यक्रमको बहाना गरी होटलमा बाेलाई आफूमाथि बलात्कार भएको आरोपसहितको भिडिओ सार्वजनिक गरेकी छन्। उनले आफूलाई बलात्कार गर्ने कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे र पाण्डेलाई साथ दिने फोटोग्राफरलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।

स्टाटसः
No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *