माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडाैँकाे माइतीघर बलात्कारविरुद्धको प्रदर्शन गरिएकाे छ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै प्रदर्शन भएको  हाे ।

बुधबार पीडित युवतीले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी आफूलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडिआमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसमा उनले त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक गरेसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

उनीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरुद्ध प्रदर्शन भएको थियो । घटना बाहिरिएसँगै यो विषय संसद्सम्म पुगेको छ । सभामुख सापकोटाले शुक्रबारको संसद् बैठकमा सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *