बागमती कांग्रेस पहिलो, कुन दलले कति पालिका प्रमुख जिते ?

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बढी पालिका जितेर पहिलो दल बनेकाे छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तह छन् ।

तीमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आउँदा कांग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको हो । नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जितेर दोस्रोमा रहँदा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ भने नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १/१ पालिकामा प्रमुख पद जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *