नरैनापुरमा जसपा विजयी

काठमाडाैँ । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् ।

शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन निशा खाँलाई पराजित गरे । शाह ५ हजार ३७ मतका साथ निर्वाचित भएका भने उनका निकटतम प्रतिद्वन्दी मौर्यले ३ हजार ६ सय ८५ मत पाएका छन् ।

श्रीवास्तव ३ हजार ८ सय ७९ मतका साथ निर्वाचित हुँदा खाँले ३ हजार ६ सय ७२ मत पाइन् । ६ वटा वडा रहेको नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *