बालेनको धेरै अगाडि, केशव र सिर्जनाको मतान्तर ११३ मात्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५५६८ मतले अगाडि छन् ।

साहले ३३२६० मत ल्याएका छन् भने स्थापितले १७६९२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १६२२४ मत ल्याएकी छन् । केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ ।

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६५७५ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *